माओवादी केन्द्रलाई दलहरुप्रति शंकैशंका

नेपालखोज २०७७ चैत २६ गते ११:३२

काठमाडौं । कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरले ओलीलाई समर्थन गर्ने सम्भावनालाई मध्य नजर गर्दै प्रचण्डले उनीहरुलाई अन्तिम प्रश्न साेध्ने भएका छन् । दलहरुबीच ध्रुवीकरण बढ्दै गएकाेले प्रचण्डले यसाे गर्ने भएका हुन् । कांग्रेस र जसपाले अविश्वास प्रस्ताव ल्याउने सहमति जनाए सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार भएर बसेको माओवादी केन्द्र पछिल्ला दिनमा निराश बनेको छ । कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्ड उत्साही भएका थिए । तर देउवा हाल सेलाएका छन् ।

देउवाले ओलीलाई समर्थन गर्ने सम्भावनालाई मध्य नजर गर्दै प्रचण्डले ओली सरकार ढाल्ने हाे कि हाेइन भन्दै दुई नेतालाई प्रश्न गर्ने भएका हुन् । माओवादी केन्द्र कांग्रेस र जसपाले सरकार ढाल्ने निर्णय गरेको ५ मिनेटभित्र समर्थन फिर्ताको सूचना संसदमा दर्ता गराउन तयार रहेको नारायण काजी श्रेष्ठले बताएका छन् । तर वैकल्पिक सरकारको चित्र प्रष्ट नभई समर्थन फिर्ता लिँदा ओलीलाई थप षड्यन्त्र गर्ने मौका मिल्ने र मुलुकलाई पुनः चुनावमा लैजाने तथा त्यो चुनाव नहुने अवस्था आउने उनको भनाइ छ ।

विशेषगरी कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरजीको धारणा के हो ? याे हेक्का पाउन माओवादी अध्यक्ष प्रचण्डलाई सकस भएकाे छ । ओली सरकार ढाल्ने हो भने अविश्वास प्रस्तावमा अघि बढ्न र ओलीलाई नै कायम राख्ने हो भने त्यो पनि निर्णय गर्न माओवादीले अन्तिमपटक आग्रह गर्ने भएको छ ।

प्रतिक्रिया