प्रधानमन्त्री बन्नुपर्यो सबैले भनेका छन्, भाग्न खोज्या छैन : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नु पर्यो सबैले भनेका छन्, भाग्न पनि खोज्या छैन भनी बताएका छन् । उनले झापा पुगेर भने ‘प्रधानमन्त्री बन्नु पर्यो सबैले भनेका छन्। भाग्न पनि खोज्या छैन,’ देउवाले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन्। शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्यो भन्छन्। सर्मथन फिर्ता लिएकै छैन। अब हेर्नुस् त, के पत्याउने? समर्थन पहिले फिर्ता लिनु पर्यो नि।’ भन्ने देउवाकाे भनाइ छ ।
त्यसै गरी, कांग्रेस सभापति देउवाले अझै नयाँ सरकार गठनका लागि सांसदको संख्या निश्चित नभएको बताएका छन्। ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ। संख्या निश्चित हुनुपर्यो,’ देउवाले भने।
सरकार गठनका लागि आवश्यक सांसदको संख्या निश्चित भएपछि नेतृत्व लिन तयार रहेको पनि उनले बताए। धोका नहुने गरी काम गर्न खोजेको उनको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि आफ्नो नेतृत्वका सरकार गठनका लाािग पहल गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया