नेपाल पत्रकार महासंघकाे मतपरिणाममा विपुल पोख्रेल अगाडि, शर्मा र बुढाथाेकी पछ्याउँदै

काठमाडौं । नेपाल पत्रकार महासंघकाे चुनावकाे मतगणना देशैभर जारी छ ।
विभिन्न जिल्लामा केन्द्रीय पदाधिकारीहरुको मतगणना सकिए पनि कतिपय जिल्लामा भने मतगणना जारी छ ।
सबैतिरकाे मतपरिणामअनुसार विपुल पोख्रेल अगाडि छन् ।
निर्मला शर्मा उनलाई पछ्याइरहेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथाेकी हालसम्म तेस्राे स्थानमा रहेका छन् ।
प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिस्पर्धा गरेका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिस्पर्धामा छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी नेतृत्वको होडमा छन् । महासचिवमा भने बालकृष्ण बस्नेत, रोशन पुरी र सुवोध गौतम भिडेका छन् ।

प्रतिक्रिया