माओवादी केन्द्रबाट निर्वाचित चार मन्त्रीको सांसद पद आजदेखि समाप्त
नेपालखोज
२०७७ चैत २६ गते १३:११

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई नेपाल सरकारमा रहेका चार मन्त्रीको सांसद पद आजदेखि समाप्त हुने भएकाे छ ।
नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर मन्त्री बन्न नेकपा (एमाले)तर्फ लागेका भन्दै नेकपा माओवादी केन्द्रले कारबाही गर्ने भएकाेले उनीहरुकाे सांसद पद आजदेखि समाप्त हुने भएकाे हाे ।
माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट तथा गौरीशंकर चौधरी सर्वोच्च अदालतको आदेशबाट पार्टी एकता भंग भएपछि मन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेका थिए ।
त्यसबाट रुष्ट नेकपा माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्ने भएकाे हाे ।
संसदीय दलले संसद सचिवालयमा उनीहरुकाे सांसद पद खारेज गर्न माग गरी सदनमा सभामुखले पढेपछि उनीहरुको पद रिक्त रहने कानुनी व्यवस्था छ ।
सम्बन्धित

प्रतिक्रिया