शनिबार, वैशाख ८, २०८१

पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा

नेपालखोज २०७७ चैत २६ गते २०:२९

पोखरा । विभागीय टोली नेपाल पुलिसको चुनोतिलाई पन्छाउन्दै अफ्रिकन रुट्स एशोसियसन क्यामरुन १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिसलाई २–० ले पराजित गर्दै अफ्रिकन रुट्स उपाधि नजिक पुगेको हो ।

हेटौडा गोल्डकपमा नेपाल आर्मीसँग पराजित हुदैं उपाधि विहीन अफ्रिकन टोलीले रुस्लान थ्रीस्टारलाई पराजित गर्दै चौथो बागमती गोल्डकपको उपाधि उचालेर पोखरा फर्किएको हो । बासेक र मौसाले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन टोलीले अग्रता लिएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जित दिलाएका हुन् । खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।

पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो । सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ । उपाधिको लागि अफ्रिकन रुट्सले शनिबार संकटासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया