दर्शनाकाे ‘ए साथी’ बाेलकाे गीत सार्वजनिक
नेपालखोज
२०७७ चैत २७ गते ८:३२

काठमाडौं । गायिका दर्शना महर्जनले आफ्नै स्वर र संगीतमा मर्मस्पर्शी गीत ‘ए साथी’ बोलको लिरिकल भिडियो ल्याएकी छन्। उनी बाल्यकालदेखि नै आफ्नो पृथक् परिचय बनाएकी गायिका हुन् ।
गीतमा ज्योति क्षेत्रीको शब्द तथा सञ्जय खड्गीको एरेन्ज छ। केही समयअघि गायिका दर्शनाले नेपाल भाषाको गीत सार्वजनिक गरेकी थिइन्। पप, आधुनिक सबैखाले भाकाका गीत गाउँदै आएकी उनको ‘चुलि जाल न्हां’ पहिलो नेपाल भाषाको गीत हो।
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत, नरेन्द्र महर्जनको प्रस्तुति रहेको भिडियो गायिकाको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सम्बन्धित
प्रतिक्रिया