९ बजेपछि हाेटल रेस्टुरेन्ट बन्द गर्ने स्वास्थ्य मन्त्रालयकाे निर्णय तत्काललाई खारेज

नेपालखोज २०७७ चैत २७ गते १०:०८

काठमाडाैं । बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध गरिएकाे भए पनि व्यावसायीले यसरी सूचना जारी गर्नुपूर्व मन्त्रिपरिषद्बाट नै निर्णय गर्नुपर्ने माग राखेपछि साे नियम लागु नहुने भएकाे हाे ।

सीसीएमसी वा क्याबिनेटले निर्णय गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले यस्तो सूचना जारी गरेपछि पर्यटन क्षेत्रमा बुधबारदेखि नै हल्लीखल्ली मच्चिएको थियो । मन्त्रालयको सूचना जारी भएको भोलिपल्ट बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सहसचिवसहित उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठक बस्यो ।

प्रतिक्रिया