सिंगटीको सेयर बाँडफाँड, साढे १३ लाखभन्दा बढीको हात खाली !
नेपालखोज
२०७७ चैत २७ गते १२:२२

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । मेगा क्यापिटलले दिएको जानकारीअनुसार आज मेगा क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँड गरिएको हो ।
जसमा दुई लाख ६९ हजार सात सय आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । आवेदकमध्ये ८४ प्रतिशत अर्थात् १३ लाख ५३ हजार बढीको हात खाली भयो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाबमोजिम कुल आवेदकको १६ प्रतिशतले सेयर प्राप्त गरेका हुन् ।
सिंगटी चैत ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकामा १६ प्रतिशत आवेदकले सेयर प्राप्त गरेका हुन् ।
यस्तो छ एलोटमेन्ट मोड्युल :

सम्बन्धित
प्रतिक्रिया