शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य तोलामा ९ सयले बढ्याे

नेपालखोज २०७७ चैत २७ गते १२:०२

काठमाडाैं । शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो। नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य तलमाथि भइरहेकाे छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया