शनिबार, जेठ ५, २०८१

४३ अंकले बढ्दा एक अर्ब ५४ करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २० गते १५:३६

काठमाडौं । नेप्सेमा साताको पहिलो कारोबार दिन आईतबार नै हरियाली छाएको छ । नेप्से आज (आईतबार) ४३ दशमलव दुई अंकले बढेर १९ सय ६५ दशमलव ३६ अंकमा चढेकामा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौ अंकले बढेर तीन सय ८७ दशमलव ५२ अंकमा चढेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही खरिद-बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आईतबार १३ वटा समूहको कारोबार भएकोमा सामुहिक लगानी कोष समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समूहको सूचक ११ दशमलव ३९ अंकले बढेर १३ सय ६८ दशमलव २६ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ९१ दशमलव पाँच अंकले बढेर तीन हजार पाँच सय ३६ दशमलव ६४ अंकमा पुगेको छ । जलबिद्युत समूहको सूचक ६६ दशमलव ६८ अंकले बढेर दुई हजार ५७ दशमलव २४ अंकमा चढेको छ ।

निर्जिवन बिमा समूहको सूचक एक सय ३३ दशमलव २६ अंकले बढेर सात हजार आठ सय ३४ दशमलव ९३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ९५ दशमलव नौ अंकले बढेर नौ हजार ३५ दशमलव सात अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन हजार चार सय आठ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य तीन दशमलव ४८ प्रतिशतले घटेर दुई सय ४७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता तीन हजार एक सय ७३ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा १० करोड १४ लाख ९६ हजार छ सय ८६ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया