शुक्रबार, वैशाख १४, २०८१

अमेरिकामा घरेलु बन्दुककाे प्रयाेगमा राेक लगाउने बाइडेनकाे तयारी

नेपालखोज २०७७ चैत २७ गते १३:१३

एजेन्‍सी । अमेरिकामा सरकारले घरेलु बन्दुककाे प्रयाेगमा राेक लगाउने निर्णय गरेकाे छ । अमेरिकी सरकारले त्यस्ता हतियार बनाउन र प्रयेग नगर्न समेत निर्देशन दिएकाे छ । बाइडेन सरकारले उक्त नयाँ निर्देशनलाई ‘कार्यकारी आदेश’ मार्फत् लागु गराँउने लक्ष्य लिएकाे छ । यसको अर्थ साे नियम अमेरिकी संसदले स्वीकृत गर्न जरुरी हुँदैन । साे नियम सरकारले सिधै लागु गर्न सक्नेछ ।

बाइडेनले नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने बताएकाे बिबिसीले जनाएकाे छ । साथै तिनको पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु उक्त आदेशमा समावेश गरिएको छ ।

अमेरिकीहरु बन्दूक संस्कार लामो समयदेखि जकडिएर रहेकाले बाइडेनको उक्त आदेश कार्यान्वयन गराउन भने सहज नरहेको बताइन्छ । नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ । कैयौँ मानिसहरूले बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लङ्घनका रूपमा हेर्ने गरेका छन् । विगतमा पनि बन्दूक नियन्त्रणका प्रयास भए पनि सफल हुन सकेनन् ।

प्रतिक्रिया