आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग : सातदोबाटोको फराकिलो जित

नेपालखोज २०८० वैशाख १३ गते १८:४६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले फराकिलो जित निकालेको छ ।च्यासल मैदानमा बुधबार भएको खेलमा सातदोबाटोले संकटा क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

सातदोबाटोको यो छैटौं जित हो । सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटाको यो पाँचौं हार हो । संकटा १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ । 

प्रतिक्रिया