शुक्रबार, वैशाख १४, २०८१

माल्दिभ्समा के गरिन् जाह्‍वी कपुरले ?

नेपालखोज २०७७ चैत २७ गते १४:२०

मुम्बई । माल्दिभ्स बलिउड स्टारहरुका लागि बिदा मनाउनका लागि पहिलो रोजाइको गन्तव्य बनेको छ । माल्दिभ्स घुम्नका लागि सबैभन्दा प्रिय देश मानिएकाे छ । पर्यटनकाे लागि विकास भएसँगै नेपाली युवाहरु समेत माल्दिभ्स राेजगारीकाे सिलसिलामा पुग्ने गरेका छन् । कामको थकानबाट वाक्क भएपछि बलिउड स्टारहरु माल्दिभ्स पुग्दछन् ।

यही सन्दर्भमा बलिउड नायिका जाह्‍वी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक सन्जालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्बिर सेयर गरेकी छिन् । अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमिमा पार्दै जाह्‍वीले स्विमसुटमा तस्बिर सेयर गरेकी छिन् । जसमा, उनी निकै नै हट देखिएकी छिन् ।

प्रतिक्रिया