सांसदबाट पदमुक्त सबै पूर्वमन्त्रीको पुनःनियुक्त

नेपालखोज २०७७ चैत २७ गते १४:४२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेका चारैजना पूर्वमन्त्रीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन् । साविककै मन्त्रालय सम्हाल्ने गरी उनीहरू नियुक्त भएका हुन् ।

पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरीविकास मन्त्री प्रभू साह र श्रममन्त्री गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया