बुधबार, वैशाख १२, २०८१

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच सम्झौता

नेपालखोज २०७७ चैत २७ गते २२:०४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०७८ सालका लागि टिभिसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

शुक्रबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचारअघि प्रसारण गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले दुवै संस्थाको विश्वास र इमेज बढेर जाने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्वय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुवै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया