नेपालमा रहेका गैंडाको संख्या आज सार्वजनिक गरिँदै

नेपालखोज २०७७ चैत २८ गते १०:२२

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरु गरिएको गैंडा गणना कार्य सकिएसँगै आज दिउँसो संख्या सार्वजनिक गरिने भएको छ ।

हिजो साँझ गैंडा गणना कार्य सकिएसँगै आज एक पत्रकार सम्मेलनमार्फत् गैंडाको संख्या सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो । यसअघि गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो ।

हरेक पाँचरपाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ। यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनका काम गरिने निकुञ्जले जनाएको छ ।

पछिल्लो पटक सन् २०१५ मा गरिएको गणनामा नेपालमा कूल ६ सय ४५ वटा गैंडा भेटिएका थिए। तथ्यांकअनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा तीनवटा गैंडा भेटिएका थिए ।

प्रतिक्रिया