पत्रकार महासंघ निर्वाचनको मतगणना सकियो

नेपालखोज २०७७ चैत २८ गते १५:४८

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ ।

मतगणना सकिए पनि औपचारिक घोषणा हुन बाँकीछ । मत परिणामअनुसार निर्वाचनमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ ।

पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् ।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया