कालीकोटको खोली बजारमा आगलागी, ६ घर जलेर नष्ट
नेपालखोज
२०७७ चैत २८ गते २१:३३

कालीकोट । कालीकोटको पचाल झरना गाउँपालिका – ८ को खोली बजारमा आगलागी हुँदा ६ घर जेलेर नष्ट भएका छन् ।
स्थानीय दुर्गा सार्की, वीरमाने सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीको घर आगलागी हुदाँ नष्ट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जारकोटबाट नेपाल प्रहरीको टोली खटाइएको डीएसपी चक्रबहादुर शाहले बताए।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालसहित स्थानीय नागरिकले आगो नियन्त्रणमा सहयोग गरेका थिए । दिउँसो घर नजिकै खेलिहरेका केटाकेटीहरुले आगो लगाएको हुन सक्ने गाउँपालिका अध्यक्ष सेजुवालको भनाइ छ । आगलागीबाट सार्की परिवारका भाँडाकुडा, लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएको छ ।
कर्णाली करिडोर नजिकै खोलामा बस्ती भएकाले आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया