शुक्रबार, वैशाख १४, २०८१

जारी आइपीएलमा धाेनीकाे चेन्नई पराजित

नेपालखोज २०७७ चैत २९ गते ८:१४

काठमाडौं। आइपीएल क्रिकेटमा दिल्लीले चेन्नईलाई सात विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेकाे चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ८५ रन र पृथ्वी शाले ७२ रन बनाए।

एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो । 

दिल्लीका क्रिस वोक्स र अभेष खानले समान दुई-दुई विकेट लिए।

प्रतिक्रिया