शुक्रबार, वैशाख ७, २०८१

‘संकट पर्दा कांग्रेसले सधैं देश र जनताको हितमा काम गरेको छ’

नेपालखोज २०७७ चैत २९ गते १६:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैँ देश र जनताको हितमा काम गरेको स्मरण गरेका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताए ।

साथै उनले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए।

नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैँ देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरे । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया