हेलिकोप्टरले पानी खसालेपछि शिवपुरी-नागार्जुनको डढेलो नियन्त्रणमा

नेपालखोज २०७७ चैत २९ गते २०:१०

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए ।

डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकोप्टरले झण्डै एक दर्जन पटक पानी बोकेर खन्याएको थियो । सिम्रिक एयरको हेलिकोप्टरले मेलम्ची खानेपानी आयोजनाको पानीको सहयोगमा आगो निभाएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा आएको पौडेलले जानकारी दिए । डढेलोबाट केही वन क्षेत्रमा क्षति पुगे पनि मानवीय र भौतिक संरचनामा भने क्षति हुन नपाएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया