विद्यालय सञ्चालनबारे शिक्षा मन्त्रालयले भोलि छलफल गर्दै

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि विद्यालय सञ्चालनबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरूलाई बोलाएको छ ।
छलफलका लागि सरोकारवाला निकायहरुलाई मन्त्रालयले सोमबार (भोलि) बिहान ८ बजे बोलाएको हो । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमणको जोखिम उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।
तर प्याब्सनले भने सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् ।
प्रतिक्रिया