बिहीबार, वैशाख १३, २०८१

भिभान्तामा नयाँ मेन्यु, रुफटपमा अकारी र कोको ! (तस्बिरसहित)

नेपालखोज २०७७ चैत २९ गते २१:२३

काठमाडौं । होटेल ‘भिभान्ता काठमाडौं’ ले आफ्ना ग्राहकलाई नयाँ मेन्यु थपेर ग्राहक आकर्षित गरिरहेको छ । भिभान्ताले आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिएको छ । आफ्ना ग्राहकको प्रिय मिन्ट रेस्टुरेन्टमा भिभान्ताले नयाँ मेन्युमार्फत ग्राहकलाई सन्तुष्टि दिइरहेको छ । यस्तै भिभान्ताले अकारी र कोको नामक रुफटप बार पनि सञ्चालन गरेको छ ।

कोरोना महामारीमाबाट ग्रसित नेपालको आतिथ्य क्षेत्र पहिलेकै लयमा फर्कंदै छ । भिभान्ताले विश्वभरको मसला र स्वादले भरिएको मेन्यु आफ्ना ग्राहकहरुलाई प्रस्तुत गरेको एक्जुकेटिभ सेफ हसमोइन पटेल बताउँछन् । उनी भन्छन्, “मिन्टको मेन्युमा मेरो प्रिय क्याफे व्यञ्जन समावेश छ । हाम्रो अवधारणा क्युजिनको असंख्य विकल्पबाट स्वादिलो डाइनिङ अनुभव दिनु हो ।”

मेन्यु सुगन्धित र स्वादपूर्ण इन्डियन तथा कन्टिनेन्टल व्यञ्जनले भरिएको छ । होटेलका सेफ पेटल र टिमको वर्षौंको अनुभव मिन्टमा उपलब्ध यो मेन्युमा पाउन सकिन्छ । साथीभाइ तथा परिवारसँगको जमघट मिन्टमा गर्न उत्तम हुने उनको बुझाइ छ ।

भिभान्ताको लब्बीमा अवस्थित मिन्ट रेस्टुरेन्ट क्यासुअल भेटका लागि उत्तम मानिन्छ । मिन्टको नयाँ मेन्यु इटलीको ट्रेटोरियाबाट प्रेरित हो । यसले बोल्ड क्लासिक स्वाद र आरमदायी खाना केन्द्रित गर्छ । मेन्युमा मेडिटेरेनियन, क्लासिक अमेरिकानो, इन्डियन सब-कन्टिनेन्ट र स्थानीय नेपाली स्वादको व्यञ्जन समावेश छ ।

होटेलका फुड एन्ड वेभरेज म्यानेजर इसाकीकुमार कोनारका अनुसार अतिथिलाई विश्वभरको फ्लेभर (स्वाद) भरिपूर्ण युरोपेली बिस्ट्रोमार्फत आनन्दित डाइनिङ अनुभव दिने भिभान्ताको योजना छ ।

भिभान्ताले स्विर्ल नामको बेकरी सेन्टर पनि चाँडै रिलन्च गर्ने योजना बनाएको छ । यस्तै अल्फ्रेस्को नामको बारलाई नेपाली अवतार दिने योजना रहेको मार्केटिङ अफिसर महेश फुयाँल बताउँछन् । ‘नुन एन्ड मरिच’ नाम दिएर त्यहाँ नेपाली खाना नेपाली शैलीमा प्रस्तुत गरिने उनले बताए । स्थानीय उत्पादन प्रयोग गरी तयार पानी स्थानीय स्वादको खाना पाइने नुन एन्ड मरिच अप्रिल २४ तारिखमा लन्च हुनेछ ।

यस्तै भिभान्ताका फुड एन्ड वेभरेज म्यानेजर इसाकीकुमार कोनारका अनुसार अकारी र कोको नामक रुफटप बारको नयाँ मेन्यु भने अप्रिल १७ मा लन्च हुनेछ ।

प्रतिक्रिया