बुधबार, वैशाख १२, २०८१

आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपालखोज २०७७ चैत ३० गते ८:५९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकम आगामी महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।  

यसअघि आइतबार सम्पन्न पदाधिकारी बैठकले आजका लागि एजेन्डा तय गर्ने भनिए पनि पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित रहेकाले औपचारिक प्रस्ताव तयार हुन नसकेको एक नेताले बताए।

प्रतिक्रिया