संवेदनशील अंगमा हिर्काएर एक बालककाे हत्या
नेपालखोज
२०७७ चैत ३० गते १०:३८

काठमाडौं । बालकलाई कुटेर हत्या गरेको आरोपमा एकजनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ रहेका छन् ।
आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेकाे बताइएकाे छ । कडा बस्तुले संवेदनशील अंगमा हिर्काएको र चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे हाे ।
घटना लुकाउन शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान थालेकाे थियाे । अनुसन्धानकाे क्रममा स्थानीयकाे बयान अनुसार आईतसिं गुरुङले हत्या गरेकाे खुल्न आएकाे प्रहरीकाे दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया