शुक्रबार, चैत १६, २०८०

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपालखोज २०७७ चैत ३० गते ११:३२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अर्को बैठक कहिले बोलाउनेबारे अहिले निर्णय नभएको उनले बताए ।

आजको कांग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो ।

प्रतिक्रिया