पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु
नेपालखोज
२०७७ चैत ३० गते ११:५४

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने दाङ देउखुरी गाउँपालिका–३ घर भएका राजेश चौधरीकी पाँच वर्षीया छोरी रोशिका चौधरीको आइतबार साँझ मृत्यु भएको छ । ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवनको कालिका नगरपालिका–८ चिसापानीस्थित गंगटे खोलामा डुबेर सोही ठाउँ बस्ने माईला चेपाङको ३ वर्षीय छोरा शितल चेपाङको आइतबार दिउँसो मृत्यु भएको छ । खोलामा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया