शनिबार, वैशाख ८, २०८१

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

नेपालखोज २०७७ चैत ३० गते १५:०७

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ६ गतेका लागि पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । महाधिवेशनको तयारीका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहका कमिटीहरुलाई अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशनहरू सम्पन्न गर्नका लागि कार्ययोजना बनाउन बैठक बोलाएका हुन् ।

त्यस्तै बैठकमा एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो ।

-फाइल तस्बिर

प्रतिक्रिया