शुक्रबार, जेठ ४, २०८१

दास बनाउने सोच हाबी हुँदै गएको भन्दै एकीकृत समाजवादी मकवानपुरका अध्यक्षले छाडे पार्टी

नेपालखोज २०७९ वैशाख १४ गते १७:२१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधरकुमार पोखरेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट दाबी गरेका पोखरेलको साटो निवर्तमान उपमेयर मिना कुमारी लामाले पाएपछि असन्तुष्टि बढेको थियो । पोखरेलसहित जिल्ला सदस्यहरु देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डी.सी. र गोपालबहादुर स्याङतानले पनि राजीनामा दिएका छन् ।

पोखरेलले कम्युनिस्ट आन्दोलन नै क्षतिविक्षत हुने ठहरका साथ विद्रोह गर्न आग्रह समेत गरेका छन् । उनले भने, ‘आज भन्दा ठिक ८ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) बाट बिद्रोह गरि सुशास , पार्टीलाइ बिधि र पद्धती संगत ढंग बाट संचालन , पार्टी का नेता कार्यकर्ता को मुल्यांकन , गुट बन्दि को अन्त्य , नेपाल को कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एक व्यक्ति एक पद लगायतका सुन्दर नारा दिएर भएको बिद्रोह ८ महिना नपुग्दै त्यस पार्टी भित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजिएको ब्यक्तिबाद सरकारमा गएको मन्त्री र राजकीय ठाउँमा पाएका अवसरमा पठाइएको ब्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रस्टाचारमा लिप्त मनोवृति र दाश बनाउने सोच हाबी हुँदै पार्टी नभई केहि ब्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ता को समस्यालाइ नजर-अन्दाज गर्दै प्राइभेट कम्पनीमा रुपान्तरण गर्ने गलत मनसायलाई टुलु टुलु हेरेर बस्ने कि त्यस विचार प्रवृतिको विरुद्ध बिद्रोह गर्ने कि आत्मसमर्पण गर्ने भन्ने दुबिधाबीच मेरो ४१ बर्षको राजनैतिक जीवन मा गलत विचार र प्रवृति को विरुद्ध सधै बिरोध गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई जति सके योगदान गरे भन्ने मेरो ठहर छ ।’

गठबन्धन को नाममा जे जसरी अध्यारो कोठामा बसेर नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पर्ने गरि आफ्नो कुन्सित मनसाय पुरा गर्न षड्यन्त्र भइहेको उनले आरोप लगाए । उनले भने, ’एउटा निर्वाचित निकायलाई भोलि भ्रस्टचारको अखडा बनाउने नियतप्रति असहमति जनाउदै ८ महिना आगाडि भएको बिद्रोह केवल कसैको कुण्ठा र केहि ब्यक्ति को छिट्टै अवसर प्राप्ति को महत्वकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोच मात्र रहेछ नत यो बिद्रोह ले पार्टी निर्माण गर्न सक्छ / निर्बाचन पश्चात देसब्यापी रुपमा पार्टी कम्जोर हुने र नेपाल को कम्युनिष्ट आन्दोलन समेत क्षत-विक्षत हुने ठहर का साथ मलाई ८ महिना नेकपा ( एस ) मकवानपुर जिल्ला को अध्यक्ष भइहँदा साथ सहयोग गर्ने सम्पूर्ण प्रति धन्यबाद दिँदै कम्युनिस्ट आन्दोलनको रक्षाका लागि बिद्रोह गर्न र ब्यक्तिबादी प्रा.लि को बिरुद्ध आवाज उठाउन हार्दिक अनुरोधसहित सबै प्रति आभार ब्यक्त गर्दै आजका मितिबाट पार्टीको सदस्यसमेत नरहने गरि पार्टी को सबै जिम्मेवारी बाट यो राजिनामा गर्ने निधो गरेको छु ।’

प्रतिक्रिया