शुक्रबार, वैशाख ७, २०८१

नोकियाले एक्स सिरिज, जीसिरिज र सी सिरज ग्लोबल्ली लन्च गर्दै

नेपालखोज २०७७ चैत ३० गते २१:२८

काठमाडौं । नोकिया फोन र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक लाइनहरुमा सुव्यवस्थित गरेर आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ ।

टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टरमिडिएड जीसिरिज र इन्ट्री लेभल सी सिरिज सबैफोनहरुले क्वालिटी अनूभव प्रदान गर्दछ जुन सबै उपभोक्ताहरुले युरोपेली मोबाइल कम्पनीबाट अपेक्षा गरेका हुन्छन् ।


एक्स सिरिज नोकिया एक्स २० र नोकिया एक्स १० का साथ लन्च हुँदै
नयाँ पोर्ट फोलियोको शीर्ष स्थानमा नोकिया एक्स २० र नोकिया एक्स १० रहेका छन् । मध्य दायराको सिमानालाई धकेल्दै यी स्मार्टफोनहरुले आफ्नो मूल्य ट्याग भन्दा धेरै अनुभवर गुण प्रदान गर्दछ ।

दुवै लेटेस्ट क्वालकम स्न्यापड्रागन ४८० ५ जीमोबाइल प्ल्याटफर्म द्वारा संचालितयो फोनले डिफाइंग प्रदर्शन र वास्तवमै ग्लोबल ५जीको प्रदान गर्दछ । सिग्नेचर नोर्डिक डिजाइन जसले सबै नोकिया स्मार्टफोन्सलाई प्रेरणा दिदै थप तीन वर्षको सुरक्षा र सफ्टवेयर अप्डेट एक्स्ट्रा पिस अफ माइन्डका लागि प्रयोगमा ल्याएको छ । क्लिन एन्ड्रोइड इन्टरफेसमा प्रस्तुतयी ह्यान्डसेटहरु एन्ड्रोइड ११ को साथ आउँछन् ।


जीसिरिज नोकिया जी २० र नोकिया जी १० का साथ लन्च हुँदै
जीसिरिजले सीधा समस्या समाधान प्रविधिको माध्यमबाट तपाईँको सबै दैनिक आवश्यकताहरुलाई प्रदानको सही सन्तुलन मिलाउने प्रतिनिधित्व गर्दछ ।

जी रेन्जका दुवै फोनहरुमा रहेका सुविधाहरु भनेको यसको तीन दिनको ब्याट्री लाइफ हो–जुन नोकिया स्मार्टफोनहरु मध्ये अहिलेसम्म कै लामो हो । नोकियाजी २० लाई नोकिया स्मार्टफोनमा उपलब्ध भएको सिग्नेचर एन्ड्रोइड प्रोमिसले सर्पोट गरेको छ । यो भनेको तपाईँको डेटालाई सकेसम्म सुरक्षित राख्ने मद्धतको लागि मासिक सुरक्षा अपडेटहरुको तीनवर्ष र ओएस अपडेटको दुई वर्ष हो ।

पहिलो सदस्यहरुले सिग्नेचर लन्गीभिटी, इम्प्रुभ्ड सेक्युरिटीका साथ जीसिरिजमा सामिल भएका थिए र यसको कारण भनेकै फेस र साइड फिन्गर प्रिन्ट अनलक र प्रभावशाली ६.५ टियरड्रप डिस्प्ले हो जुन ब्राइटनेस बुस्टका साथ उपलब्ध छ ।

सीसिरिज ले नोकिया सी २० र नोकिया सी १० थप गर्देै
आश्चर्यजनक मूल्यमा ल्याउँदै सी सिरिजले उच्च गुणवत्ता स्मार्टफोन टेक्नोलोजी सबैको लागि पहुँचयोग्य बनाएको छ । थप गरिएका फिचर्सहरुमा वाइड ६.५ू एचडी प्लस डिस्प्ले हो जुन सुपथ मूल्यमा उपलब्ध छ ।

एन्ड्रोइड ११ टिएम (गो संस्करण) को साथ २० प्रतिसत छिटो रफ्तार र सुधारिएको सुरक्षा सुविधाहरुका साथै नोकिया स्मार्ट फोनको ड्युराबिलिटीे दुई वर्षको लागि त्रैमासिक सुरक्षा अपडेटहरुका सहित उपलब्ध छन् । २०१६ सालको अन्त्यसम्म दुई नयाँ एन्ड्रोइड पावर डिभाइसहरु जारी गरेर नोकिया स्मार्ट फोनले नेपाली बजारमा पुनःवापसी गरेको छ ।

प्रतिक्रिया