शनिबार, वैशाख १३, २०८२

तत्काल विद्यालय बन्द गर्न आवश्यक छैन

नेपालखोज २०७७ चैत ३१ गते ७:३१


काठमाडाैं । नयाँ काेराेना भाइरसकाे प्रभाव बढ्दै गए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालहरूले सरकारलाई सुझाव दिएका छन् । नयाँ काेराेना भाइरसकाे  द्रोस्रो लहर पनि पनि अहिले विश्वव्यापी बन्ने क्रम जारी छ । यसलेले विश्रव प्रभावित भइरहेकाे कुरा कसैबाट लुकेकाे छैन ।

शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् । नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो । नेपाल समाचार पत्रबाट

प्रतिक्रिया