बिहीबार, वैशाख १३, २०८१

पेरिस अस्पतालमा अन्धाधुन्ध गोली प्रहार

नेपालखोज २०७७ चैत ३१ गते ११:०२
सांकेतिक तस्बिर

फ्रान्स । एक अज्ञात आक्रमणकारीले फ्रान्सको पेरिसस्थित पेरिस अस्पतालमा  अन्धाधुन्ध गोली प्रहार गरेका छन् । उनकाे गोलीबाट  एकजना  महिलाको हत्या भएकाे छ । साथै अर्की एक महिलालाई घाईते भएकी छन् ।

रेडक्रसद्वारा संचालित हेनरी दुनान्ट निजी जेरियट्रिक अस्पतालमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएकाे बताइएकाे छ । ।  गोली लागेका दुई महिलालाई उपचारका लागि अस्पताल लगिएको थियाे । एकजनाको भने मृत्यु भएको हाे ।

घाइते भएकी महिला अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्छिन्। उनी कोविड १९ खोप केन्द्रमा कार्यरत रहेकी छिन्। आक्रमणकारीको मनसायको बारेमा कुनै कुरा तत्काल थाहा हुन सकेको छैन। सो अस्पताल आईफिल टावरको चार किलोमिटर दक्षिणमा र सीन नदीको नजिकमा पर्दछ।  पारस देस प्रिन्सेस फुटबल स्टेडियम पनि त्यहीं नजिकै अवस्थित छ।

प्रतिक्रिया