शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य घट्याे, चाँदीको कति ?

नेपालखोज २०७७ चैत ३१ गते ११:५२

काठमाडाैं । मंगबार सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसाय  महासङ्घका अनुसार आज सुनको मूल्य १ सयले घटेकाे छ ।

हिजो प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ८९ हजार ५०० रुपैँयामा कारोबार हुने महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको छ । 

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।  हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोकार हुने महासङ्घले जनाएको छ । 

प्रतिक्रिया