शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंककी निर्देशक पुर्पक्षका लागि कारागार चलान

नेपालखोज २०७७ चैत ३१ गते १२:०२


काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी रिजाल पुर्पक्षको लागि कारागार चलान भएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार शोभा रिजालको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी रेग्मी रिजालसमेत भएको जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्दामा प्रतिवादी रिजाललाई काठमाडौं जिल्ला अदालतको यही चैत ३० गते सोमबारको आदेशले पुर्पक्षको लागि जगन्नाथ देवल सुन्धारा महिला बन्दी गृहमा थुनामा पठाइएको हो ।


रेग्मीई यही चैत २२ गते काठमाडौको दरबारमार्गबाट पक्राउ गरिएको हो । उनी बिरुद्ध उनकै आमा ८४ बर्षिय शोशा रिजालले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । रेग्मी बिरुद्ध पहिला नै परिसरमा बिभिन्न गुनासाहरु आएका थिए । सो बिषयमा पटक पटक उनलाई परिसरमा बोलाएर आमासंग समेत राखेर सम्झाई बुुझाई गरेको, छलफल गरेको भएपनि आमाको सम्पती हडपेपनि हेरचाह गर्न तयार नभएपछि ८४ बर्षिया आमा रिजालको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो ।


परिसरका अनुसार पक्राउ परेकी रेग्मीले रिजालको माछापुछ्रे बैंकको लकरमा रहेको गरगहना, सिर्जना फाईनान्स, बिभिन्न सहकारी संस्थाहरु रहेको सेयर समेत गरी झण्डै तीन करोड रुपैयाँ भन्दा बढी सम्पती हडपेको देखिएको थियो ।

प्रतिक्रिया