बिहीबार, वैशाख २०, २०८१

नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनी अवार्डबाट सम्मानित

नेपालखोज २०७८ असार ३१ गते १७:३२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनी अवार्ड फर एकसीलेन्स सन् २०२१ बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो ।

यस अघि बैंकले सन् २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ ।

सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा संचालन हुने गरेको छ ।

बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ । बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ ।

प्रतिक्रिया