शुक्रबार, वैशाख ७, २०८१

८ महिनामा उठाइयो १ खर्ब १३ अर्ब आन्तरिक ऋण

आगामी असार मसान्तसम्म थप एक खर्ब १२ अर्ब रुपैयाँ उठाइने

नेपालखोज २०७७ चैत ३१ गते १२:२२



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको अवधीसम्ममा कुुल एक खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार अल्पकालीन तथा दिर्घकालीन अवधीका बिभिन्न ट्रेजरी बिल, बिकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र लगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर चालुु आवको फागुुन मसान्तसम्मको अवधिमा उक्त परिमाणमा आन्तरिक ऋण उठाईएको हो ।


चालुु आर्थिक बर्षभित्रमा कुल दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राष्ट्र बैंकको रहेको छ । सोही लक्ष्य अर्थात् भनौं कार्यतालिका अनुसार चालुु आवको पहिलो चौमासमा ५७ अर्ब र दोस्रो चौमासमा ५६ अर्ब समेत गरी कुुल एक खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएका हौं, प्रवक्ता ढकालले भने ।


प्रवक्ता ढकालका अनुसार चालुु आवको तेस्रो चौमासमा पनि राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने छ । यसको लागि ४९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र, दुुई अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र र ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचत्र पत्र बिक्री गर्छों, प्रवक्ता ढकालले भने । चालुु आर्थिक बर्षभरिमा उठाउने कुुल दुुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणको लागि ७० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल, एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र, चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र र एक अर्ब रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्यतालिका रहेको छ । यो कार्यतालिका अनुसार पहिलो र दोस्रो चौमासको उठाउनु पर्ने आन्तरिक ऋण उठाईसकेको र अब भने तेस्रो चौमासिक अवधिको लागि आन्तरिक ऋण उठाउन क्रम सुरु भएको प्रवक्ता ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया