शनिबार, वैशाख १५, २०८१

काेराेनाकाे कारण चितवनमा एक पुरुषकाे निधन

नेपालखोज २०७७ चैत ३१ गते १४:१६


चितवन । चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो । रासस

प्रतिक्रिया