शुक्रबार, चैत १६, २०८०

टेकु अस्पतालले कोरोनाका बिरामीको मात्रै उपचार गर्ने

नेपालखोज २०७७ चैत ३१ गते १४:२५

काठमाडाैं । आजबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका बिरामीको मात्रै उपचार गर्ने भएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले अस्पतालको अन्तरगंग सेवा अन्तरगत कोभिडका विरामीको मात्रै उपचार गरिने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । 

यद्यपी अस्पतालमा एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा भने यथावत् रहने बताइएको छ । 

अहिले अस्पतालमा २० भन्दा बढी कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । 

प्रतिक्रिया