शुक्रबार, वैशाख ७, २०८१

नेप्से २७ सय १४ अंकमा, सात अर्ब १४ करोडको सेयर किनबेच

नेपालखोज २०७७ चैत ३१ गते १५:३०

काठमाडौं । २०७७ सालको अन्तिम दिन अर्थात आज (मंगलबार) को सेयर कारोवार उल्लासमय देखिएको छ । नेप्से झण्डै २४ अंकले बढेर २७ अंक भन्दा माथि पुगेको ।

नेप्सेले आज कायम गरेको यो बिन्दु हालसम्म कै उच्च हो । नेप्से आज २३ दशमलव २३ अंकले बढेर २७ सय १४ दशमलव ७९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९९ अंकले बढेर चार सय ८६ दशमलव २८ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय नौ वटा कम्पनीहरुको ७६ हजार ९४ पटकको कारोवारमा एक करोड ४६ लाख ९१ हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयााँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सूचक घटेर छ वटा समुहको सूचक बढेकाछन । ति मध्ये वाणिज्य बैंक समुहको सूचक ४२ दशमलव ३६ अंकले बढेर १८ सय ८१ दशमलव १२ अंकमा पुुगेको छ भने जलविद्युत समुहको सूचक पनि ३१ दशमलव ६९ अंकले बढेर २६ सय तीन दशमलव ४० अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, फाईनान्स, टे«डिङ र सामुुहिक लगानी कोष समुहको सूचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सूचक भने आज ८८ दशमलव ९२ अंकले घटेर १३ हजार छ सय ५९ दशमलव ८७ अंकमा पुगेकोमा जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहको सूचकहरु पनि घटेकाछन ।

आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर १६ सय ९९ रुपैयाँमाा कारोवार भएकोमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव २७ प्रतिसतले घटेर २५ सय आठ रुपैयाँमा कारोवार भएको छ ।

आज नेपाल बैंकको सबैभन्दा बढी रकम कारोवार भएको छ । यो बैंकको प्रतिकित्ता चार सय ५९ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ८८ लाख ९० हजार सात सय ६६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया