कैलालीमा काेराेनाकाे भयावह अवस्था
नेपालखोज
२०७७ चैत ३१ गते १५:३०

कैलाली । कैलालीमा काेराेनाकाे भयावह अवस्था सिर्जना भएकाे छ । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएपछि संक्रमण नघट्ने अवस्थामा पुगेकाे हाे ।
सीमा नाकामा सुरक्षा नहुँदा यस्ताे अवस्था आएकाे स्थानीयहरु बताउँछन् ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए अनुसार ४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको पनि उनले जनाए ।
श्रेष्ठकाे जानकारी अनुसार कोरोना संक्रमितमध्ये २ जना भेन्टिलेटर, १ जना आईसीयू र २ जनाको आईसोलेसनमा उपचार भइरहेको छ । अन्य भने होम आइसोलेशनमै रहेका पनि उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया