नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

नेपालखोज २०७७ चैत ३१ गते १५:४६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या उच्च हुने प्रक्षेपण गरेको छ ।

मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा स्वास्थ्य मन्त्री त्रिपाठीले अहिलेको दरमा कोरोना सङ्क्रमण बढ्दै गए आउँदो असारसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ लाखसम्म पुग्न सक्ने बताए ।

त्रिपाठीले अहिलेको सङ्क्रमण दरलाई हेरेर प्रक्षेपण गर्दा आउँदो असारसम्म दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने हुँदा त्यसका लागि अहिले नै मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड सङ्कलन गर्ने काम भइरहेको मन्त्री त्रिपाठीले बताए। भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेण्टीन स्थलहरू थप गर्न लागिएको उनको भनाइ छ ।

प्रतिक्रिया