त्रिकोणात्मक टी-२० सिरिज खेल्न नेपाल आइपुग्यो मलेसिया र नेदरल्याण्ड्सको टोली
नेपालखोज
२०७७ चैत ३१ गते १८:४०

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ । वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मङ्गलवार बिहान नेपाल आइपुगेको हो ।

त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) को एक टोलीले मलेसिया र नेदरल्यान्ड्सको टोलीलाई स्वागत गरेको छ । नेपाल आएका खेलाडीको कोरोना परीक्षण हुनेछ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू मैदान प्रवेश गर्न पाउनेछन् ।
शृङ्खलाको पहिलो खेल वैशाख चार गने नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् । नेपालका २० जना खेलाडी अहिले बन्द प्रशिक्षणमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया