शुक्रबार, वैशाख १४, २०८१

‘देशमा क्रान्ति र परिवर्तनको नाममा उत्पात मच्चाइयो’

नेपालखोज २०७७ चैत ३१ गते १९:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा क्रान्ति र परिवर्तनको नाममा उत्पात मच्चाएको बताएका छन् । मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपांग कति विधवा र बेसाहारा टुहुरा भए होलान् ? मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आएपछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’

द्धन्द्ध सकिए पनि अर्को दश वर्ष त्यसको असरको अवधि रहेको र ५० वर्षसम्म त्यसका अवषेश रहिरहने धारणा प्रधानमन्त्रीको थियो । तर त्यसको सबै भन्दा खतरनाक पक्ष भनेको मुलुकमा आन्तरिक फाटो सृजना गर्नु रहेको उनले बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् । खुल्ला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? किन परिचयपत्र बोकेर हिँडन सक्दैन मान्छे ?’, उनको प्रश्न थियो ।

हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिँलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र ? विगतमा भुटानसँग थियो र ?, ।

यसमा कसैले के भन्छ की भन्नु नपर्ने भनाई पनि प्रधानमन्त्रीको थियो । ‘भारतसँग पो खुल्ला सीमा हो त । बर्मासँग हो र ? विगतमा भुटानसँग थियो र ?’, प्रधानमन्त्रीले थपे । देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने विचार पनि प्रधानमन्त्रीको थियो ।

हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘एकपटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दैन आफैँ डडेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्धन्द्ध फैलियो नभएको मत मतान्तर र द्वन्द्व बढन सक्छ।’

कुनै संस्थालाई ध्वस्त पार्न त्यहाँभित्र आन्तरिक वैमनस्यता सृजना गर्नुपर्छ भनिने गरेको तर्फ औंल्याउँदै उनले पार्टीभित्र पनि आन्तरिक द्वन्द्वको स्थित देखिनु राम्रो नभएको समेत बताए । उनले भने, ‘जातीय राज्यका नाममा थुपै सलाईका काँटीहरु झोसिए तर हामीले तत्काल घाँसपातसमेत उखेल्ने गरी दमकम प्रयोग गर्‍यौं ।’

अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि उनले बताए । ‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो’ , प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया