बुधबार, असार १८, २०८२

संसद्ला‌ई जीवन्त र जनमुखी बनाउन प्रयत्‍न गर्छु : सभामुख सापकोटा

नेपालखोज २०७८ वैशाख १ गते ७:१७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्‌लाई जीवन्त र जनमुखी बनाउज सबैखाले प्रयत्न गर्ने बताएका छन् ।

संविधान सभामार्फत नयाँ संविधान जारी भएपछि यसको कार्यान्वयनको चरणमा रहेको भन्दै उनले संविधानको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम बाँकी रहेको बताएका छन् ।

‘मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहनासहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु,’ सभामुख सापकोटाले नयाँ वर्षको शुभकामना दिँदै भनेका छन्, ‘सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक छ ।”

प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशीला तयार हुने उनको भनाइ छ ।

प्रतिक्रिया