सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै
नेपालखोज
२०७८ वैशाख १ गते १०:०१

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच साँझ घम्साघम्सी हुँदैछ ।
नेपाली समय अनुसार यो खेल राति पौने ८ बजे चेन्नाईमा हुने छ ।
विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा हैदरावाद भने पहिलो जित निकाल्ने दाउँमा हुने छ ।
बैंग्लोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने हैदरावाद कोलकाता नाइटराईडर्ससँग पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया