शुक्रबार, वैशाख ७, २०८१

सेलकमको उपहार एक सातासम्म

नेपालखोज २०७८ वैशाख १ गते १०:५५


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल कम प्रा. लि. को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा “नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर” योजना सुरु गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न सात सेवाहरु उपयोग गर्दा उक्त सात वटै सेवाहरुमा हरेक दिन लक्की ड्रमार्फत सात जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना बैशाख १ गते देखि बैशाख ७ गते सम्म लागु हुनेछ ।


यो योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन एक जनाले २० दसमलव ७८ प्रतिसत (अधिकतम रु २०७८) सम्म क्यास ब्याक, रकम स्थानान्तरण गर्दा हरेक दिन एक जनाले एयरलाइन्स टिकट खरिद गर्दा हरेक दिन एक जनाले ५० प्रतिसत (अधिकतम रु २०७८) सम्म क्यासब्याक, ईण्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन एक जनाले एक थप महिनाको सेवा निशुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन एक जनाले एक थप महिनाको सेवा निस्शुल्क साथै मोबाइलटप–अपर रिचार्ज गर्दा हरेक दिन १ जनाले ६ जीबी डाटा प्याक जित्न सक्नेछन । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात कारोवार गरी यस योजनामा सहभागी हुन पाउने छन् ।


सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, लोयाल्टि पोइन्टस पाइने आदि रहेको छ । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, बिटुपी, बिटुुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत् हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत् सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहजरुपमा यो सेवा लिन सक्ने छन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

प्रतिक्रिया