प्रतिपक्षले अविश्वासको प्रस्ताव गरे जनमोर्चाले समर्थन गर्ने
नेपालखोज
२०७८ वैशाख १ गते ११:३२

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएकाे समर्थन नदिने निर्णय गरेकाे छ ।
याे निर्णयले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङकाे पद सकिने खतरा बढेर गएकाे छ । जनमोर्चा पार्टी अध्यक्ष चित्र बहादुर केसीकाे विज्ञाप्तिअनुसार सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा आफ्नो पार्टीले समर्थन गर्ने छ ।
साे विज्ञाप्तिमा गण्डकी प्रदेश सरकारले केपी ओलीको पक्षमा काम गरिरहेको र त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुगेकाे केसीकाे दाबी छ । त्यसैकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन गर्नु हाम्राे उत्तरदायित्व हाे भन्ने पनि विज्ञाप्तिमा जनमोर्चाले उल्लेख गरेकाे छ ।
जनमोर्चाले एमालेलाई दिएको समर्थन फिर्ता गरेकोसमेत उल्लेख गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया