हुण्डी कारोबारी पक्राउ
नेपालखोज
२०७८ वैशाख १ गते ११:५८

काठमाडौं । वीरगञ्जबाट एकजना हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रहरीका अनुसार छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको हो ।वीरगञ्ज महानगरपालिका–६ स्थित बाबा होटल नजिकबाट प्रहरीले उनलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ ।
साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।
वीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरितको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया