काठमाडौं र भक्तपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख २ गते ८:४८

काठमाडौं । काठमाडौं र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । काठमाण्डौको माकलबारीमा गएराति बा ७० प ८९८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको छ ।

काठमाडौंको अत्तरखेल बस्ने सिरहाका २२ वर्षका सोनाम मुखियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै भक्तपुरको राधेराधे नजिकै गएराति बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने व्यक्तिको ज्यान गएको छ ।

मोटरसाइकल पछाडि रहेका काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षका महेश शाह ठकुरीको भक्तपुरको थिमिमा रहेको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चालक २२ वर्षका महेन्द्र शाह ठकुरीको अहिले मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया