गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी

नेपालखोज २०७८ वैशाख २ गते ९:३०

गण्डकी । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् ।

भने जनमोर्चका ३ जना सांसद रहेका छन् । बर्तमान सरकार जोगाउन सरकारलाई जनमोर्चाको समर्थन अनिवार्य रहेको छ ।

प्रतिक्रिया